मेष- सरकारी नियुक्ति पाइने सम्भावना छ। विवादहरूले हानी गर्ने छन्। त्यसैले कसैसँग विवादतिर नलाग्नु होला।
वृष- साहस र हिम्मत बढेको छ। अवसरहरूले पछ्याइरहेका छन्, तिनलाई हात पार्ने प्रयत्न गर्नु होला। मित्रजन बढ्ने छन्।
मिथुन- आज दौडधुप बढी होला। धोकेबाज र ठगहरूबाट टाढा रहनु होला। रमणीय यात्राको योग छ। साथीभाइ अझ नजिक बन्लान्।
कर्कट- विवेकहीन निर्णय नलिनु होला। खराब व्यक्तिसँगको संगतले हानी पुर्याउने छ। आम्दानीभन्दा खर्च बढी हुने समय छ।
सिंह- जागिर र व्यवसाय दुवैमा चुनौति सामना गर्नुपर्ला। त्यसका बावजुद जागिरमा पदोन्नतीको योग छ। अध्ययन, अध्यापनमा उन्नती होला।
कन्या- आज ठग र चोरहरूले सताउन सक्छन्। प्रतिभा प्रदर्शन गरेर पुरस्कार जित्न सकिने छ। आफन्तजन नजिकिएलान्।
तुला- मौसमी रुघाखोकीले सताउन सक्छ। अधुरा काम पूरा होलान्। आम्दानीको स्रोत बढ्ने सम्भावना छ।
वृश्चिक- आर्थिक पक्ष सबल बन्ने छ। विरोधीहरूलाई तह लगाउन सकिने छ। अचल सम्पत्तिमा झमेला सामना गर्नु पर्ला।
धनु- जागिर र सामाजिक गतिविधि दुवैमा लाभदायक समय छ। इज्जत, प्रतिष्ठा कमाउने योग छ। साथीभाइको साथले महत्त्वपूर्ण काम सम्पन्न होला।
मकर- चल, अचल सम्पत्ति हात पर्ने योग छ। अवसरहरूले पछ्याएका छन्, तिनलाई हात पार्ने प्रयास गर्नु होला।
कुम्भ- प्रतिस्पर्धामा विजयश्री प्राप्त होला। आफ्नो काममा अधिकार जमाउन खोज्नेहरूबाट सतर्क रहनु होला। सफलता प्राप्त गर्न विवेकको उपयोग गर्नु होला।
मीन- मिहिनेती स्वभावले सफलता दिलाउला। तथापि, आम्दानी बलियो नहोला। अनावश्यक खर्चबाट टाढा रहनु होला।