काठमाडौँ – मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ। नेप्लिज फेसन होमले नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेको छ।
Advertisement
नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताए ।
उनले भने, “यसका लागि हाम्रो प्रयास हो मिस नेवा ।” प्रमुख मानन्धरले यो एक सौन्दर्य प्रतियोगिता मात्र नभएर आफ्नो कला, संस्कृति सिक्ने र देखाउने मौका भएको बताए ।