काठमाडौँ – नेपाली चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो।
Advertisement
लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ। भिडियोमा कलाकार विपिन कार्की, केकी, आस्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ।
‘प्रसाद’ को सिक्लेलमा बनेको ‘प्रसाद २’ ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी चलचित्र निर्माण गर्न माहिर मानिएका सुदर्शनले यसपटक सामाजिक कथावस्तुलाई उक्त ट्रेलरका उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरिएको देख्न सकिन्छ ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत रेहेको छ।