काठमाडौँ – सविन अधिकारीको निर्देशनमा बनेको फिल्म ‘गणपति’को पोस्टर सार्वजनिक गरेको छ । फिल्मम आगामी जेठ ५ गते प्रदर्शन हुँदैछ।
Advertisement
सार्वजनिक पोस्टरमा शीर्ष कलाकार मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ । फिल्ममा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।
बिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्मलाई हरिबहादुर घलेको खिचेका हुन् ।