काठमाडौँ – अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत बलिउडमा डेब्यु गर्ने भएका छन् ।
Advertisement
तामाङले सामाजिक सञ्जालमार्फत ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।
नियो नोइर र क्राइम थ्रिलर जनरामा बनेको यो सिरिजमा तरुण तेजपालले लेखेको पुस्तक ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित छ । सिरिजमा अविनाश अरुण र प्रसित रोयले सिरिजको निर्देशन गरेका छन् ।