मेष- दाजुभाइबीच अंश विवाद देखिने छ। लगनशील स्वभावले ठूलो उपलब्धी हासिल गराउन सक्छ। प्रतिस्पर्धी बढेका छन्। धोकबाजबाट सावधान !
वृष- राहुको प्रभाव तपाईंमा परेको छ। विवाद, धनहानी, अनावश्यक आरोपलगायत समस्या बेहोर्नुपर्ने हुन सक्छ। मानहानीको सम्भावना पनि उत्तिकै छ।
मिथुन- अध्ययनमा मन नजाला। दाम्पत्य जीवनमा समस्या आउन सक्छ। परोपकारका काममा मन जाला। साझेदारी व्यवसायमा भने लाभको योग छ।
कर्कट- अनपेक्षित ठाउँबाट आम्दानी हुन सक्छ। रचनात्मक काममा मन जाला। बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला। स्वास्थ्यमा समस्या देखिएला।
सिंह- स्थानान्तरणको योग छ। परिवारजनसँग विवाद आउन सक्छ। आम्दानी घट्दा मानसिक चिन्ता बढ्ला। स्वास्थ्य समस्या पनि देखिन सक्छ।
कन्या- अनावश्यक आरोपबाट बच्नु होला। नयाँ जागिर प्राप्त हुन सक्छ। जागिरमा रहेकाहरूको पदोन्नती र स्थानान्तरणको योग छ।
तुला- सन्तानले भौतिक साधन जुटाइदिन सक्छन्। अचल सम्पत्ति खरिद गर्ने योग पनि छ। अवसरहरूले पछ्याउने समय छ।
वृश्चिक- परोपकारका क्षेत्रमा मन जाला। चल-अचल सम्पत्ति प्राप्त हुन सक्छ। धोकेबाजहरूले सताउने छन्। अध्ययन, अध्यापनमा सफलताको योग छ।
धनु- जीवन साथीको सहयोगले महत्त्वपूर्ण उपलब्धी हासिल हुन सक्छ। साथीभाइको पनि राम्रो साथ पाइएला। साझेदारी व्यवसायमा लाभको योग छ।
मकर- विवादमा पर्ने योग रहेकाले बोल्दा विचार पुर्याउनु होला। दीर्घकालीन लाभका क्षेत्रमा अगाडि बढ्नु उचित हुनेछ। जागिरमा बढुवा या सरुवाको योग पनि छ।
कुम्भ- आजको दिन कृषिकर्ममा लगाउनु उचित होला। आर्थिक पक्ष सबल बनेको छ। आम्दानीका स्रोत बढ्ने छन्। व्यापारको क्षेत्रमा पनि लाभ हासिल होला।
मीन- विभिन्न अवसरले पछ्याएका छन्। तिनलाई हात पार्ने प्रयास गर्नु होला। आम्दानीका स्रोत पनि बढ्ने योग छ। व्यापार, व्यवसायमा अपेक्षित सफलता हासिल होला।