• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

‘कोरानायता मानसिक समस्या भयावह छैन’


शनिबार, चैत ०४, २०७९ मा प्रकाशित

मेलबर्न- कोरोना महामारीले व्यवस्थापन गर्नै नसकिने स्तरमा मानसिक स्वास्थ्य समस्या ननिम्त्याएको शोधकर्ताहरूले निष्‍कर्ष दिएका छन्।

Advertisement

खासगरी, आम सर्वसाधारणमा ठूलो मानसिक स्वास्थ्य समस्या नदेखिएको उनीहरूको निष्‍कर्ष छ। कोभिड महामारीले संसारभर व्यवस्थापन गर्नै नसकिने तहमा मानसिक स्वास्थ्य समस्या देखिएको आकलन भइरहेका बेला पछिल्लो अध्ययनले त्यसलाई गलत सावित गरिदिएको छ।

पियर-रिभ्युड मेडिकल जर्नल ‘बीएमजे’मा प्रकाशित रिपोर्टअनुसार संसारभर महामारीका दौरान मानसिक स्वास्थ्यलाई लिएर १३७ वटा अध्ययन भएका थिए। ती अध्ययनहरूको विश्लेषणमार्फत आकलन गरिएको तहमा मानसिक स्वास्थ्य समस्या नदेखिएको हो।

‘मानसिक स्वास्थ्यलाई लिएर कोभिड-१९ महामारीको प्रभाव सुनामीका वर्णनकर्ता या अन्य केही अनुसन्धानकर्मीले सञ्‍चार माध्यममा प्रकाशित गरेका लेखहरूमा उल्लेखित शब्दहरू जस्तो भयावह अवस्था पाइएन। तिनको तुलनामा यसको प्रभाव साह्रै सूक्ष्‍म देखिएको छ,’ शोधकर्ताहरूले लेखेका छन्, ‘मानसिक स्वास्थ्य संकट यसअघि प्रस्तुती गरिएजस्तो भयावह पाइएन।’

शोधकर्ताहरूले पहिले सन् २०१८ देखि २०१९ बीचमा भएका मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनहरूलाई सूक्ष्‍म रूपमा नियालेका थिए। र, विश्व स्वास्थ्य संगठनले सन् २०२० मा चीनमा कोरोना भाइरसको प्रकोप शुरु भएको सूचना दिएयता भएका अध्ययनहरूको विश्लेषण गरेका थिए।

अध्ययनको क्रममा मानसिक स्वास्थ्यका लक्षणमा परिवर्तन, डिप्रेसन, एन्जाइटीजस्ता स्वास्थ्य समस्या मिहिन रूपमा केलाइएको थियो। परिणाम- त्यस्ता समस्या अंकगणितको हिसाबबाट न्यून थियो। र, महत्त्वपूर्ण थिएन। ती अध्ययनहरू विकसित मुलुकमा बढी भएका थिए।

तथापि, मानिसका केही समूहमा मानसिक स्वास्थ्य बिग्रिएको भने देखिएको छ। खासगरी, महिलाहरूमा मानसिक स्वास्थ्य समस्या बढी देखिएको छ। तर, त्यो भयावह अवस्थामा देखिएको छैन।

ज्येष्‍ठ नागरिक, बयस्क, विश्वविद्यालयका विद्यार्थी तथा अल्पसंख्यक यौन र लैंगिक समूहसँग सम्बन्धित व्यक्तिहरूमा पनि मानसिक स्वास्थ्य समस्या देखिएको छ। यी समूहमा पनि त्यसको भयावह प्रभाव नरहेको शोधकर्ताहरूको निष्‍कर्ष छ।

महामारीका दौरान महिलाहरूमाथि अन्तरंग साथीहरूको हिंसामा वृद्धि भएको थियो, जसकारण उनीहरूको मानसिक स्थिति जटिल देखिनु चिन्ताजनक रहेको भने शोधकर्ताहरूको ठम्याइ छ।

साइन्स अलर्ट डट कमबाट

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.