मेष- गलत निर्णयका कारण बनिसकेको काम बिग्रिन सक्छ। आफन्तजनको सल्लाह बेवास्ता गर्दा दुःख पाइने छ। कीर्तिमानी काम गर्दै दाम र प्रतिष्ठा प्राप्त हुने समय छ।
वृष- आश्वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। तथापि, सहयोगीहरूबाट उपहार प्राप्त होला। डुबेको रकम फिर्ता हुन सक्छ।
मिथुन- आज कामबाट विश्राम लिने दिन छ। प्रलोभन दिएर झुक्याउनेहरूबाट सावधान ! बेहोशीमा खर्च बढ्न सक्छ।
कर्कट- दाम्पत्य जीवन सुखमय रहने छ। रमणीय यात्राको योग छ। तथापि, शुभेच्छुकहरूको सल्लाह मनन गर्नु होला।
सिंह- कडा परिश्रमका बावजुद न्यून उपलब्धी हासिल होला। अहिले नै नयाँ काममा हात नहाल्नु होला। किनकि, नयाँ काममा हात हालिहाल्ने समय छैन। आकस्मिक खर्चबाट टाढा रहनु होला।
कन्या- श्रमको उचित मूल्य नपाइन सक्छ। पेटको खराबी हुन सक्ने भएकाले खानपानमा सतर्कता अपनाउनु होला। सहयोगीहरूबाट अपेक्षित सहयोग प्राप्त नहोला।
तुला- तुला राशिका व्यक्तिहरूका लागि आज समय एकदमै अनुकुल छ। उद्योग-व्यापारबाट विशेष लाभ हासिल होला। अध्ययन, अध्यापनमा भने त्यति समय दिन नसकिएला।
वृश्चिक- यात्राका कारण आकस्मिक खर्च बढ्न सक्छ। तथापि, आज नसोचेको ठाउँबाट धन आर्जन हुन सक्छ। गरिएका कामको राम्रो प्रतिफल प्राप्त होला।
धनु- व्यापार, व्यवसायमा त्यति लाभ देखिँदैन। तथापि, समाजमा नेतृत्वदायी भूमिका वहन गर्न पाइएला। पैत्रिक सम्पत्तिबाट राम्रो लाभ हासिल हुन सक्छ।
मकर- दुश्मनहरूको चलखेल बढ्ने समय छ। सावधानी अत्यावश्यक देखिन्छ। विपक्षीले तपाईंको कमजोरीमाथि खेल्न सक्छन्। विवाद बढ्ने सम्भावना भएकाले बोल्दा सावधानी अपनाउनु होला।
कुम्भ- आजको दिन आत्मविश्वास बढ्ने, प्रतिष्ठित काम गर्ने र विशिष्ट व्यक्तित्वहरूसँग भलाकुसारी हुने योग छ। आम्दानीका स्रोतहरू पनि बढ्न सक्छन्।
मीन- मन खिन्न बनाउने समाचार सुन्नु पर्ला। व्यापार, व्यवसाय भने लाभदायी रहलान्। आफ्ना योजनाहरूमा गोपनीयता अपनाउनु राम्रो होला।