काठमाडौँ – गायक रूपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ। सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीत सार्वजनिक भएको हो।
Advertisement
मनोज चौलागाईंको सङ्गीत तथा संयोजन रहेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् । टेकेन्द्र शाहले भिडियो निर्देशन गरेका छन् ।
भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेको अभिनय रहेको छ ।छायांकन चक्र बहादुर बरालको छ भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाह को रहेको छ भिडियोले नेपाली सांगीतिक बजारमा राम्रो प्रतिक्रिया पाएको छ । भिडियो five Star युटुब च्यानल बाट सार्वजनिक भएको छ।