काठमाडौँ – अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ ।
सिडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
सार्वजनिक गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।
रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् ।
अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।