मेष- नयाँ पद, प्रतिष्ठा मिल्नेछ। वैदेशिक यात्राको योग छ। मनमा शान्ति छाउनेछ।
वृष- कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। नयाँ लगानी गर्ने समय छ। राजनीतिक सफलता मिल्नेछ।
मिथुन- कला साहित्यमा लगाव रहनेछ। रमाइलो भेटघाट हुनेछ। ढिलासुस्तीले महत्वपूर्ण अवसर गुम्नेछ।
कर्कट- खर्च बढ्नेछ। आफ्नो काम देखाएर अरुको मन लोभ्याउन सक्नेछ। आजको दिन मध्यम छ।
सिंह- कला र गलाको प्रभाव बढ्नेछ। पारिवारिक सुख मिल्नेछ। व्यापार व्यवसायबाट फाइदा हुनेछ।
कन्या- मनमा शान्ति छाउनेछ। आत्मबल बढ्नेछ। दिगो फाइदा हुने काम शुरु गर्न सकिनेछ।
तुला- नयाँ कामको थालनी हुनेछ। भौतिक साधन जुट्न सक्नेछ। स्वास्थ्य समस्या देखिन सक्छ।
वृश्चिक- ताकेअनुरुप काम नबन्दा दिक्क लाग्नेछ। नियमित खर्च बढ्नेछ। शैक्षिक सफलता मिल्नेछ।
धनु- नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइएला। खर्च बढ्नेछ।
मकर- सुखद यात्रा हुनेछ। कुनै कुराको निर्णय लिँदा ध्यान दिनुहोला। प्रेम सम्बन्ध बलियो हुनेछ।
कुम्भ- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अधुरा कामहरु बन्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ।
मीन- पठनपाठनमा कमजोरी देखिन्छ। कार्य क्षेत्रमा सजग रहनुहोला। नयाँ योजना कार्यन्वयनमा ल्याउन मुश्किल पर्नेछ।