मेष- आफन्तसँग भेटघाटको योग छ। दीर्घकालीन योजनाहरू गोप्य राख्नु होला। परिवार र साथीभाइको साथ पाइने छ।
वृष- आज लक्ष्यमा पुग्न कठिन छ। अनौठा परिघटनासँग सम्झौता गर्नु पर्ला। आम्दानीका स्रोतहरू भने बढ्ने छन्। विवादमा परिने योग रहेकाले बोल्दा विचार पुर्याउनु राम्रो होला।
मिथुन- प्रतिस्पर्धाहरूमा विजय हासिल होला। हौसला बढ्ने दिन छ। दीर्घकालीन लाभका क्षेत्र पत्ता लाग्ने छन्।
कर्कट- स्वादिष्ट व्यञ्जन मिल्नेछ। हौसला र उत्साह प्राप्त होला। अध्ययनको क्षेत्र सबल बन्ने छ। कृषि पेशाबाट लाभ हासिल हुन सक्छ।
सिंह- दाम्पत्य जीवन तनावपूर्ण रहन सक्छ। अल्छी र खर्च बढ्ने भएकाले सावधानी अपनाउनु होला। मिहिनेतले सफलता दिलाउला।
कन्या- चिताएका काम बन्लान्। कमजोरी सुधार्दै अगाडि बढ्नु होला। अध्ययनमा प्रगतिको योग छ। पराक्रम बढ्ने छ।
तुला- उपहार प्राप्त होला। व्यक्तित्वमा निखार आउला। नयाँ अवसर प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वको साथ मिल्न सक्छ।
वृश्चिक- आकस्मिक धनलाभको योग छ। दिन उत्साहपूर्ण रहने छ। मिहिनेती स्वभावका कारण सफलताको सिँढी चढ्न सकिएला।
धनु- विशिष्ट व्यक्तित्वको साथ पाइएला। पैत्रिक सम्पत्ति प्राप्त होला। तपाईंको मिहिनेतको धेरैले प्रशंसा गर्ने छन्।
मकर- लक्ष्य प्राप्त हुने योग छ। पराक्रम बढ्ला। हरेक गतिविधिमा विजयश्री तपाईंकै पोल्टामा पर्ला आजको दिन।
कुम्भ- दिन मनोरञ्जनपूर्ण रहला। साथीभाइ र आफन्तजनको साथ सहयोग मिल्ने छ। परिवारमा सुख शान्ति प्राप्त होला।
मीन- टाढाको यात्रामा निस्किने योग छ। तर, यात्रालाई व्यावसायिक हितमा उपयोग गर्नु उत्तम हुनेछ। अनावश्यक दौडधुपमा लाग्नु भयो भने समय र खर्चको व्यय मात्र हुनेछ।