मेष- मनमा द्विधा उत्पन्न हुनेछ। नाक तथा घाँटीमा समस्या देखिन सक्छ। चिताएको कामले तीव्रता लिनेछ।
वृष- समाजसेवामा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धन खर्च हुनेछ।
मिथुन- धनआर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अधि बढ्नेछ।
कर्कट- रोकिएका अधुरा काम बन्नेछन्। एकपछि अर्काे अवसर आउनले मन प्रसन्न रहनेछ। आजको दिन शुभ छ।
सिंह- स्वास्थ्यमा समस्या देखिन सक्छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रयत्न गरे सफलता मिल्नेछ।
कन्या- शुभकामको चर्चा चल्नेछ। मनमा उत्साह छाउनेछ। खर्च बढ्नेछ।
तुला- काममा ढिलासुस्ती हुनेछ। नयाँ कामको शुरुवात हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।
वृश्चिक- राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम बन्नेछन्। काममा व्यस्त हुनुपर्नेछ।
धनु- धन लाभ हुनेछ। पुराना रोगले सताउन सक्नेछन्। परोपकारजन्य काममा सरिक हुनुपर्नेछ।
मकर- रमणीय र सुखद यात्रा हुनेछ। व्यवसायबाट फाइदा मिल्नेछ। पुँजी बजारले साथ दिनेछ।
कुम्भ- धार्मिक कार्यमा रुचि बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। विभिन्न प्रतिस्पर्धामा विजयी भइनेछ।
मीन- मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रेम जीवन सबल रहनेछ।