• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

भुटानबाट शरणार्थी शिविर हुँदै नासासम्मको यात्रा


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

हरि बी. सुवेदी अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को गोडार्ड स्पेस फ्लाइट सेन्टरमा अप्टिकल इन्जिनियर छन्। भुटानमा जन्मेर वर्षदिन नहुँदै परिवारसँगै लखेटिएर पूर्वी नेपालको शरणार्थी शिविरमा हुर्केका सुवेदी सन् २००८ मा अमेरिका पुनर्वासमा गएका हुन्। उनी अनेक कठिनाइ छिचोल्दै नासाका सम्मानित अप्टिकल इन्जिनियर बन्न सफल भएका छन्। उनको संघर्ष यात्राबारे नासाकै आधिकारिक वेबसाइटका लागि एलिजाबेथ एम. जारेलले लिएको लिखित अन्तरवार्ताको अनुदित अंश प्रस्तुत गरिएको हो:

Advertisement

नाम: हरि बी सुबेदी
औपचारिक रोजगार वर्गीकरण: अप्टिकल इन्जिनियर
संगठन: कोड ५५१, अप्टिक्स शाखा, एप्लाइड इन्जिनियरिङ एन्ड टेक्नोलोजी निर्देशालय

तपाईं के गर्नुहुन्छ। गोडार्डमा तपाईंको भूमिकाबारे सबैभन्दा चाखलाग्दो कुरा के हो? तपाईं गोडार्डको मिसनलाई कसरी मद्दत गर्नुहुन्छ?
म मुख्यतया हाम्रो सौर्य मण्डलबाहिर रहेका ग्रहहरूको तस्बिर लिने नयाँ प्रविधिमा काम गर्दैछु जसलाई एक्सोप्लानेट्स भनिन्छ। म अब रोमन स्पेस टेलिस्कोप मिसनको प्रिज्म स्पेक्ट्रोस्कोपी प्रणालीमा काम गर्दैछु।

तपाईं कहाँ हुर्कनुभयो?
मेरो कथा केही असामान्य छ। मेरो जन्म भुटानमा भएको हो। सन् १९९०को दशकमा भुटानले नेपालीभाषी नागरिकलाई देश निकाला गर्‍यो। म भुटानमा बस्ने नेपालीभाषीको चौथो पुस्ताको भुटानी हुँ। म करिब एक वर्षको छँदा मेरो परिवार भुटानबाट बाहिरिन बाध्य भयो।

म नेपालमा संयुक्त राष्ट्रसंघको शरणार्थी शिविरमा हुर्केँ।

हामीलाई संयुक्त राष्ट्रसंघको क्याम्पमा नि:शुल्क १० कक्षासम्म शिक्षा दिइन्थ्यो, जहाँ सबै कक्षा अंग्रेजी भाषामा हुन्थे। त्यसपछि मैले माध्यामिक विधालयको प्रवेश परीक्षामा उच्च अंक प्राप्त गरेका कारण काठमाडौंको माध्यमिक विद्यालयका लागि छनोट भएँ। र, पूर्ण रूपमा नि:शुल्क शिक्षाको अवसर पाएँ। मलाई गणित र विज्ञानमा सबैभन्दा बढी रुचि थियो।

शरणार्थी शिविरमा हुर्कँदाको जीवन कस्तो थियो?
पूर्वी नेपालमा संयुक्त राष्ट्रसंघका सात शरणार्थी शिविर थिए। हाम्रो शिविरमा करिब १० हजार मानिस थिए। अहिले हाम्रो शिविर छैन तर करिब १५ हजार मानिस ती शिविरमा अझै छन्।

संयुक्त राष्ट्रसंघले हरेक दुई सातामा खाना वितरण गथ्र्यो। हामीलाई सरकारी नियमअनुसार शिविरबाहिर जान मनाही थियो। यद्यपि, १० कक्षापछि उच्च शिक्षाका लागि बाहिरका ठाउँमा जान अनुमति पाएका थियौं।

मेरा आमाबुवा, दुई दाजु र म बुबाले बनाउनुभएको एक कोठाको झुपडीमा बथ्यौँ। बुवाले संयुक्त राष्ट्रसंघबाट प्रदान गरिएका सामग्रीले घर बनाउनुभएको थियो। भित्ताहरू बाँसका थिए, छानो पराल र खरका थिए अनि भुइँ फोहोर थियो। धेरै वर्षा हुन्थ्यो तर त्यो खरको छानोले सामान्यतया फोहोर भुइँलाई सुक्खा राख्थ्यो।

संयुक्त राष्ट्रसंघले हामीलाई लत्ता कपडा दिन्थ्यो। मेरो बुबा शिक्षक हुनुहुन्थ्यो, जसले शिविरमा अन्य शिक्षकलाई प्रशिक्षण दिनुहुन्थ्यो। उहाँले काम गरेर पैसा कमाउनुहुन्थ्यो, जसले हाम्रो अवस्था अरू धेरैको भन्दा राम्रो थियो। संयुक्त राष्ट्रसंघको स्वास्थ्य केन्द्र थियो। ठूलो रोग लागेका बिरामीलाई क्षेत्रीय अस्पतालहरूमा उपचार गरिन्थ्यो।

शरणार्थी शिविरको बसाईले तपाईंको व्यक्तिगत दृष्टिकोणलाई कसरी आकार दियो?
यसले मलाई अझ नम्र बनायो। म स-साना समस्याबारे धेरै चिन्ता गर्दिनँ। मेरा आमाबुवाले हामीलाई सधैँ कडा परिश्रम गर्न, स्कुलमा राम्रो पढ्न र जीवनमा ठूलो मान्छे बन्न प्रेरित गर्नुहुन्थ्यो। त्यसैले हामी आशावादी भएर हुर्कियौँ। र, म सधैँ म आशावादी छु।

तपाईं नेपालबाट अमेरिका कसरी आउनुभयो?
सन् २००८ मा मैले नेपालको उच्च माध्यमिक शिक्षा भर्खरै सकेको थिएँ। शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत् मेरो परिवार अमेरिकाको एरिजोना आइपुग्यो। हामी अब अमेरिकाका नागरिक हौँ। मेरो परिवार अहिले मेरिल्यान्डमा बस्छ।

तपाईंले अप्टिकल इन्जिनियर बन्ने निर्णय किन गर्नुभयो?
मलाई सानैदेखि अन्तरिक्षमा रुचि थियो। हुर्कँदै गर्दा हाम्रो घरमा बिजुली थिएन। हामी धेरै समय आकाश, तारा र ग्रहहरू हेर्दै बिताउथ्यौँ। म आकाश र ताराबारे सिक्न चाहन्थेँ। र, तीमध्ये कुनैमा जीवनको अस्तित्वमा छ कि भन्ने जिज्ञासा लाग्थ्यो।

मलाई त्यो कसरी गर्ने भनेर थाहा थिएन। तर, मैले इन्जिनियरिङ पढ्न सुरु गरेँ। मेरो आशा कुनै दिन नासाको लागि काम गर्ने थियो। संसारका हरेक मानिसलाई नासाको बारेमा थाहा छ। हामीले स्थानीय पत्रिकामा नासाको बारेमा पढ्यौँ र यसको बारेमा रेडियोमा सुनेका थियौँ।

तपाईं कलेज र विश्वविद्यालयको लागि कहाँ जानुभयो?
मैले एरिजोनाको पिमा कम्युनिटी कलेजमा पढाई सुरु गरेँ र पछि एरिजोना विश्वविद्यालयमा ट्रान्सफर भएँ, जहाँ मैले एरोस्पेस इन्जिनियरिङ र गणितमा स्नातक उपाधि हासिल गरे। त्यसपछि मैले प्रिन्सटन विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङका साथमा एक्सोप्लानेट इमेजिङमा केन्द्रित रहेर काम गर्ने प्रविधिहरू सम्बन्धमा विद्यावारिधि गरेँ।

तपाईं गोडार्डमा कसरी आउनुभयो?
कलेज जीवनमा सार्वजनिक पुस्तकालय र विद्युतीय स्टोरमा काम गरेँ। र, स्कुलपछि हाइस्कुलका विद्यार्थीलाई पढाउनेसहित धेरै काम गरेँ। विश्वविद्यालयमा म एक शिक्षकको सहयोगी थिएँ।

मेरो प्रिन्सटन सल्लाहकारले मलाई गोडार्डद्वारा इन्टर्नसीप कार्यक्रममा काम गर्न सक्ने बताएका थिए। उनले ठूलो यूभी-अप्टिकल-आईआर निरीक्षक अवधारणामा काम गर्न सक्ने सुझाएका थिए।

सन् २०१७ मा म एलयूभीओआईआरमा आबद्ध भएर इन्टर्नसीप गर्नलाई गोडार्ड आएँ। गोडार्डमा मेरो पहिलो दिन सन् २०१७ को सूर्य ग्रहण लागेको थियो। काम सुरु गर्न यो एक उत्तम तरिका थियो। म साँच्चै उत्साहित थिएँ ! यो मेरो सम्पूर्ण जीवनको सबैभन्दा खुशीको क्षण थियो।

एक्सोप्लानेटको बारेमा मेरो थेसिस लेख्न प्रिन्सटन फर्कें। थेसिसको शीर्षक ‘लो अर्डर वेभफ्रन्ट सेन्सिङ एन्ड कन्ट्रोल फ्युचर स्पेस बेस्ड कोनोग्राफिक मिसन’ थियो।

जब तपाईंले गोडार्डमा पूर्णकालीन रूपमा काम सुरु गर्नुभयो, तपाईंले के के गर्नुभयो?
सन् २०१८ मा विद्यावारिधि गरेपछि एलयूभीओआईआर अवधारणामा पूर्णकालीन काम गर्नलाई फर्केँ। थप मैले एक्सोप्लानेट इमेजिङसम्बन्धी प्रविधिमा आन्तरिक अनुसन्धान र विकास (आईआरएडी) परियोजनाका लागि आवेदन दिएँ र रकम प्राप्त गरेँ।

तपाईं हालको प्रोजेक्ट रोमनमा के गर्दै हुनुहुन्छ?
म एक बेड टेस्ट प्रमाणीकरणमा काम गर्दैछु। हामीले सबै प्रिज्महरू र लेन्सले आवश्यक विशेष विवरणहरू पूरा गर्छन् भनेर प्रमाणित गर्नुपर्छ। हामीसँग ठूलो टोली र धेरै पार्टनर छन्।

तपाईंका सल्लाहकारहरू को हुन्? उनीहरूले तपाईंलाई सिकाएका सबैभन्दा महत्त्वपूर्ण पाठहरू के हुन्?
म गोडार्ड आएदेखि नै टेलर ग्रोफ र म्याट बोलकार मेरा लागि असाधारण रूपले सहयोगी र दयालु रहे। उनीहरू मेरो अनौपचारिक सल्लाहकार हुन्। टेलरले मलाई गोडार्डको ल्याबमा काम गर्नेबारे धेरै कुरा सिकाए। हामी दुवैको भेट प्रिन्सटनमा भएको थियो।

हामी दुवैको एउटै सल्लाहकार थियो र एउटै प्रयोगशालामा काम गथ्र्यौँ। म्याटले मलाई गोडार्डको जीवन शैली र संस्कृति एवं कसरी आईआरएडीमा आवेदन दिने भन्ने कुरा बुझ्न मद्दत गरे। मैले उनलाई इन्टर्नको रूपमा काम गर्दादेखि नै चिनेको छु। म ती दुवैप्रति धेरै आभारी छु।

विविधता र समावेशीकरण समितिको सदस्यका रूपमा तपाईंको भूमिका के हो?
सन् २०१९मा, म (डी एन्ड आई) समितिको सदस्य भएँ। म गोडार्डलाई अधिक समावेशी बनाउन चाहन्छु र समुदायको पहुँचको बारेमा मसँग केही विचारहरू छन्। मैले स्थानीय प्राथमिक विद्यालयहरूमा कागजको हवाईजहाज प्रतियोगिताको प्रस्ताव राखेको छु। मेरो सुझावलाई सबैले मन पराएका छन् र हामी त्यसमा काम गरिरहेका छौँ। गोडार्डले विविध र समावेशी हुन उत्कृष्ट काम गरेको छ।

तपाईंको रुचि के हो?
मलाई पैदल यात्रा गर्न रमाइलो लाग्छ। ब्याडमिन्टन र टेबल टेनिस खेल्छु।

तपाईंको मनपर्ने किताब कुन हो?
अर्नेस्ट हेमिंग्वेको ‘अ फियरवेल टु आर्मस’ हो। यो किताब दु:ख, आशा, प्रेम र युद्धको कठोर वास्तविकताको बारेमा छ।

तपाईंले राख्नुभएको एउटा आशा के हो?
म विश्वका सबैका लागि शान्तिको आशा गर्छु।

६ शब्दमा आफ्नो चरित्र विवरण दिनूस् न।
नम्र, प्रेरित, मिलनसार, उत्सुक, सुशील, आशावादी।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.