• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

प्रधानमन्त्री ओलीले आज सपथ लिँदै


    Avatar photo
शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ लिँदै हुनुहुन्छ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पदमुक्त हुनुभएको थियोे । उहाँले प्रतिनिधिसभामा विश्वासको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रधानमन्त्री ओली कामचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सरकारका लागि आह्वान गर्नुभएको थियोे ।

बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।

बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जानकारी राष्ट्रपति कार्यालयका सचिव रूपनारायण भट्टराईले जानकारी दिए ।

ओली यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्नुभएको थियो । बिहीवार, एमालेको नेतृत्वमा सरकार बनाउन बिहीवार पार्टीभित्रको असन्तुष्ट पक्षलाई मनाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर प्रयत्न गर्नुभयो ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग गर्नुभएको वार्तामा नेपाल समूहका सांसदले तत्काल राजीनामा नदिने समझदारी बन्यो ।

झन्डै ४ घण्टा भएको वार्तामा कार्यदल बनाएर अघि बढ्ने सहमति भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल समूहका सांसदले सहमतिका लागि अपरा≈न ४ बजेसम्मको समय दिएका थिए । सहमति नभए त्यसपछि राजीनामा दिने बताउँदै आएका थिए ।

वार्तास्थलबाट बाहिरिँदै गर्दा नेपालले राजीनामा तत्काललाई टरेको बताए ।

नेपाल समूहले एमालेलाई नेकपा (माओवादी केन्द्र) सँग एकीकरण हुनुअघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको थियो ।

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.