काठमाडौँ – नेपाली भलचित्र ‘छड्के २’ को पहिलो गीत सार्वजनिक भएको छ । सो फिल्मा अभिनेता अनमोल केसी अभिनित ¥यापर भिटेनको स्वर तथा सङ्गीतमा गीत ‘छड्के खालास’ पहिलो गीतको रूपमा सार्वजनिक गरिएको हो ।
Advertisement
फिल्ममा अनमोलसहित रविन तामाङ, निगम श्रेष्ठ, कमलमणि नेपाल, रेशा आले मगरको शीर्ष भूमिका छ । गीत भिटेन आफैँले लेखेका हुन् । उनले गीतसँगै फिल्मको कथावस्तुलाई पनि प्रस्तुत गरिएको छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता हुन् । (भिडियो)