काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
Advertisement
काठमाडौं जिल्ला अदालतले ३ वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो ।अदालतले आफ्नो वेबसाइटमा शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।
ओझालाई अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत आदेश दिएको छ । न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले निर्माता ओझाको जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ ।