मेष- विलासी जीवन शैलीले घाटा गराउला। बढी महत्त्वाकांक्षी नबन्नु नै वेश। सरकारी निकायबाट दण्ड जरिवाना बेहोर्नुपर्ने हुन सक्छ।
वृष- आफन्त, साथीभाइको सहयोगमा आकस्मिक लाभ हासिल होला। ग्रहका कारण जीवनसाथीलाई पीडा हुन सक्छ। व्यवसाय उत्तम रहने छ।
मिथुन- आकस्मिक धनलाभको योग छ। मन प्रशन्न रहने छ। भौतिक साधन जुट्ने योग छ। नयाँ लगानीको योग छ।
कर्कट- जागिर र पढाइ लेखाइमा प्रगतिको योग छ। तपाईंको कामको विशिष्ट व्यक्तिले प्रशंसा गर्लान्।
सिंह- धननाश हुने योग भएकाले सतर्कता अपनाउनु होला। प्रणय सम्बन्ध मजबुत बन्ने योग छ। पुरानो रोगले सताउला।
कन्या- अवसर गुम्ने जोखिम रहेकाले सावधानी आवश्यक देखिन्छ। आर्थिक कारोबारमा भने प्राप्त सफलताले मनमा सन्तोष होला।
तुला- आम्दानीका स्रोत बढ्ने छन्। कृषि उपजबाट लाभ हासिल होला। विश्वासघातिहरूबाट सावधान। अवसरहरू प्राप्त गर्ने कोशिस जारी राख्नु होला।
वृश्चिक- राजनीतिकर्मीलाई विशेष लाभको समय छ। जागिरमा पनि पदोन्नतीको योग छ। रोकिएका अधुरा काम धमाधम सम्पादन होलान्।
धनु- अचल सम्पत्तिमा विवादको योग छ। अन्धविश्वासमा नलाग्नु उत्तम, धार्मिक कार्यमा बाधा आउला। मिहिनेती स्वभाव नछाड्नु होला।
मकर- मान सम्मान पाइने योग छ। मंगल काममा मन जाला। आफन्तजनको पर्याप्त सहयोग पाइँदा लाभै लाभ हासिल होला।
कुम्भ- शुभ समाचार प्राप्त होला। माया प्रेमको बन्धन अझ गठिलो बन्नेछ। अनावश्यक खानपानबाट बच्नु होला। नत्र स्वास्थ्य बिग्रिने छ।
मीन- अचल सम्पत्ति जोड्ने योग छ। खोज अनुसन्धानले लाभ प्राप्त होला। परिवार, इष्टमित्र र आफन्तजनको सहयोग पाइएला।