काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा सङ्घीयता अतिआवश्यक भएकाले राज्यपुनसंरचना भएको बताएका छन् ।
Advertisement
शनिबार यहाँस्थित नृत्य सांस्कृतिक कला केन्द्रको २५ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
उनले नेपालमा सङ्घीयता शिशु भएकाले कार्यान्वयन पक्षमा केही कमीकमजोरी देखिए पनि चाँडै ठिक हुने बताए ।
नेता सिंहले नयाँ जन्मेका पार्टीहरूले अल्पकालमै ठूलै क्रान्ति गर्छु भनेर लागे पनि भर्खरै सबै कुराहरू स्पष्ट भएको बताए । उनले नेपालको पहिलो नृत्यगुरु भैरवबहादुर थापा, वसुन्धरा भुसाललगायतलाई सम्मान समेत गरे ।
कार्यक्रममा कुमारी नृत्य, वाल नृत्य, नेवारी नृत्यलगायत प्रस्तुत गरिएको थियो ।