काठमाडौँ — नेपाली फिल्म ‘बिहे पास’ को बुधबार टिजर सार्वजनिक भएको छ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
बुधबार सार्वजनिक गरिएको टिजरमा दयाहाङ र प्रकृतिको बिहेको प्रसंग देखाइएको छ । प्रकृति सरकारी जागिरे रूपमा देखिएकी छन् । दयाहाङले भने सरकारी जागिर खोजी गरिरहेको टिजरमा देख्न सकिन्छ ।
प्रकृतिले लामो समयपछि अभिनयमा कम ब्याक गरेकी हुन् । ‘होस्टेल’ फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी उनले यसअघि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ मा अभिनय गरेकी थिइन् ।
प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङ्देल, श्याम राई, रूषा न्यौपाने, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नवीन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायतका कलाकारको अभिनय रहेको छ ।
सजन काफ्ले, सञ्जीव जे. रावल र विवेक प्याकुरेलले सहायक निर्देशकको भूमिका निभाएका छन् । शिव ढकालले छायांकन गरेको फिल्ममा रोहित कट्टेलको प्रस्तुति छ ।
मित्रदेव गुरुङले फिल्मको सम्पादन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ र निर्माता रोजन श्रेष्ठ हुन् । ‘ बिहे पास’ वैशाख १ गतेदेखि सार्वजनिक रूपमा प्रदर्शन हुँदै छ ।
बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन् ।