मेष- पुराना समस्या समाधान हुने, नयाँ योजना अगाडि बढ्ने योग छ। ढिलाइ गर्दा काम बिग्रिन सक्छ। अवसर गुम्ने जोखिम छ।
वृष- रमणीय यात्रा र जमघटको योग छ। अवसरहरू ढोकामा आएका छन्। तर, स्वास्थ्य कमजोर रहला।
मिथुन- आम्दानीका दीर्घकालीन स्रोत जुट्न सक्छन्। साथीभाइ टाढिन सक्छन्। बोल्दा विचार पुर्याउनु होला। स्वास्थ्य कमजोर रहला।
कर्कट- उपचारमा खर्च होला। लेनदेनमा विवाद उत्पन्न हुन सक्छ। अनावश्यक अलमलले सताउला। धोकेबाजहरूबाट सावधान।
सिंह- रमणीय यात्राको योग छ। आम्दानीका नयाँ स्रोतहरू प्राप्त होलान्। दीर्घकालीन लाभका क्षेत्र पहिल्याएर अगाडि बढ्नु होला।
कन्या- बेकारको जमघटमा लाग्दा अवसरहरू फुत्किन सक्छन्। स्वादिष्ट व्यञ्जनमा नलोभिनु उचित होला, स्वास्थ्य बिग्रिन सक्छ।
तुला- नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। समाजसेवामा मन जाला। मिहिनेत स्वभाव नछाड्नु होला, नत्र घाटा हुनेछ।
वृश्चिक- घरजग्गाको विवाद देखिएला। प्रतिष्ठित काम गर्ने अवसर पाइएला। आर्थिक अभाव झेल्नु पर्ला।
धनु- व्यवसायमा समस्या आउला। तथापि, मिहिनेतले लक्ष्यमा पुग्न मद्दत गर्नेछ। भौतिक साधन प्राप्त हुने योग छ।
मकर- आर्थिक कारोबार राम्रो रहला। उपहार पनि प्राप्त हुन सक्छ। साथीभाइको सहयोगले ठूलो काम बन्नेछ।
कुम्भ- इष्टमित्रमाझ विश्वासिलो बन्न सकिनेछ। अपेक्षाकृत काम बन्ला। प्रियजन भेट होलान्। दिन रमाइलो रहला।
मीन- कर्ममा विश्वास गर्नु उचित हुनेछ। परिस्थितिले सम्झौता गराउन सक्छ। सावधानी अपनाउनु होला।