• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने


मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

Advertisement

प्रतिष्ठानले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको उनले बताए । कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।

उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोशिस गरेको उनले बताए ।

‘प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नकालागि मलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने । कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि उनले विशेष धन्यवाद दिए ।

ो महाधिवेशनको जिम्मा लिएर महाधिवेशनस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे ।
कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए । साथै, जिम्मेवारी पाएका व्यक्तिहरुले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भइदिन पनि उनले सबैलाई आग्रह गरे ।

आठौं महाधिवेशनमा चर्चित गायक पशुपति शर्माले पनि चाहना राखेको बताइएको छ । आफूहरुले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत् नेतृत्व चयन हुँदैगर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीता थापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए । सकेसम्म सबै पदाधिकारीको नेतृत्व चयनमा सर्वसम्मत प्रकृया अवलम्बन गरिने उनले बताए । अध्यक्षमा आफू दोहोरिने कुनै मनशाय नभएको उनले बताए । आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्य पदाधिकारीहरु अमृत अधिकारी, रीता थापा, राजकुमार रायमाझी, प्रकाश बराइलीलगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.