काठमाडौँ – ‘अवतार २’ बन्यो विश्वमा धेरै कमाउने तेस्रो फिल्म । पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’ ले अहिलेसम्म २.२४३३ बिलियन डलर कमाएको छ ।
जेम्स क्यामरुन निर्देशित हलिउडको ब्लकबस्टर फिल्म ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्मको सूचीबाट पछि हटेको छ ।
यो फिल्मलाई क्यामरुनकै अर्को फिल्म ‘अवतार : द वे अफ वाटर’ले उछिनेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ । ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ । अब भने ‘अवतार २’ शीर्ष स्थानमा रहेको छ ।
निर्माता क्यामरुनले २ बिलियन डलर भन्दा बढी कमाइ गर्ने ३ वाट फिल्म अहिलेसम्मको पहिलो, तेस्रो र चौथो सबैभन्दा ठूलो रिलिज निर्देशन गरेका छन् । ‘जेम्स क्यामरुनले बक्स अफिसमा आफूलाई पछ्याउने क्रम जारी राखेका छन् ।
मौलिक ‘अवतार’जस्तै यसको दोस्रो श्रृंखलाले पछिल्लो पुस्ताका दर्शकमाझ अपील सिर्जना मात्र गरेन, पछिल्लो विकसित प्रविधिको ढाँचामा फिल्म रिलिज गर्दै दर्शकलाई प्रोत्साहन पनि दिएको थियो । आईम्याक्स स्क्रिनमा फिल्मले २५ करोड डलर कमाएको छ ।
‘अवतार २’ उत्तर अमेरिकामा ६ सय ५७ मिलियन डलरका साथ अहिलेसम्मको नवौं सबैभन्दा धेरै कमाउने फिल्म हो ।