काठमाडौँ –गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।
Advertisement
सोमबार बिहान थाईल्यान्डबाट नेपाल आउँदै गर्दा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो ।
सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
पछिल्लो समय थाइल्यान्डमा बस्दै आएका रेग्मीले सामाजिक सञ्जालबाटै कलाकारहरु विरुद्ध अपशब्द प्रयोग र लाञ्छना लगाउने गरेको उजुरीमा उल्लेख छ ।