काठमाडौँ – गायिका अञ्जु पन्त र गायक किरण भुजेलको स्वर रहेको ‘ए साथी सुन’को गीत सार्वजनिक भएको छ ।
अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको हो ।
आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको शीर्ष रोमान्टिक गीत आइतबार सार्वजनिक गरिएको हो ।
गायक भुजेलको स्वर रहेको गीतमा सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रचना रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको छ ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा वर्षा र रमेशका अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय रहेको चलचित्रलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।
चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको निर्माण टिमले बताएको छ ।