काठमाडौँ – अभिनेता पुष्प खड्काले फिल्ममा एक्सन गर्ने चाहना गरेका छन् । उनको फिल्म लगातार रिलिज भइरहेको छ ।
Advertisement
गत शुक्रबार रिलिज भएको ‘मनसँग मन’ समेत गरेर यो वर्ष उनका ३ वाट फिल्म रिलिज भएको हो । ‘मनसँग मन’ अगाडि ‘कृष्णलीला’ र ‘तिम्रो मेरो साथ’ आएको थियो ।
तीनमध्ये कुनै फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकले रुचाए । उनलाई फिल्म छान्न नजानेको आरोप समेत लाग्यो । त्यसकारण पुष्पले एक्सन भएको फिल्म रोजेका छन् ।
उनले धेरै थरिको भूमिका निर्वाह गरिसकेकोले एक्सन गर्न मन लागेको बताए । आफुले खोजेजस्तो एक्सन फिल्म अहिलेसम्म नपाएको बताउर्दै उनले एक्सनमा आफुले केही गर्न सक्ने दाबी गरे ।