Advertisement
काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
स्वयम गायक निरौलाको शब्द रहेको यस गीतमा योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् ।
यस गीतमा यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ ।
यास गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाले छायांकन गरेका छन् ।
साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।