काठमाडौँ – नेपाली फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । जनकपुरको राममन्दिरबाट भागवत् र गीताको भूमिका निर्वाह गरिरहेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन सुरु भएको हो ।
सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको छ । निर्माता सुनिलकुमार थापाका अनुसार करिब २० दिन जनकपुर क्षेत्रमा छायांकन हुदै छ ।
शुक्रबार बिहान पूजाआजा गर्दै छायांकन प्रारम्भ भएको निर्माता थापाले जानकारी दिए । त्यहाँबाट जारी तस्वीरमा सुहाना, धीरज, बिपिन कार्की, अनुरागमानसिंह कुवँर लगायतको कलाकार देख्न सकिन्छ।
सुहाना इन्टरटेनमेन्ट र सुनिलकुुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा झरना थापाले निर्देशन गर्दैछिन् । भागवत्को भूमिकामा धीरज र गीताको भूमिकामा सुहानाले अभिनय गर्दैछन् ।
फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा सुहानाकै कम्पनी त्रिनेत्रम डिष्ट्रिब्यूसनले वितरण गर्दैछ ।