• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

आइतबार दोश्रोपटक अष्ट्रेलियाको राजधानी पर्थमा नेपथ्य घन्कियो


सोमबार, माघ २३, २०७९ मा प्रकाशित

काठमाडौँ – नेपथ्यले वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्यले सन् २०१७ पछि आइतबार दोश्रोपटक प्रस्तुत दिएका छन् ।

Advertisement

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राखनू’

उनले गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’ र ‘लामपाते सुरती’ जस्ता गीतहरु सुनाए ।

कार्यक्रम अवधिभर ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत सुनाउने मात्र नभइ दर्शकहरुसँग संवादको क्रमलाई पनि निरन्तरता दिए । उनले भने विदेशमा रहँदा म तपाइँहरुकै भावनामा एकाकार भएर घरलाई सम्झिरहेको हुन्छु ।’ अमृतले नेपाल रहँदाको बखत उनको कास्कीस्थित गोठमा स्वस्थानी पाठ चल्नेगरेको सन्दर्भ सामाजिक संजालहरुमा राख्दैआएका छन् ।

‘आउनुस् यो गुमाउनुको पीडालाई पनि अवसरमा बदलौं,’ उनले थपे, ‘जीवनमा जसरी पनि रमाउन सक्नु ठूलो कुरा हो, त्यसैले आज साथै मिलेर नाचौं गाऔं रमाऔं ।’

कार्यक्रममा ‘चरि म¥यो’, ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतहरुले निरन्तरता पाउँदै गए । त्यसपछि पालो थियो लाहुरेहरुले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’ को ।

‘नेपालीहरु जता गएपनि आफ्ना अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ उनले भने, ‘यसरी तन्नेरीहरु अवसरका लागि विदेशिनैपर्ने परम्परा हालसम्म कायमै रहेकोमा चाहिँ दुःख लागेको बताए । त्यसपछि गाइएको ‘यो जिन्दगानी’ गीतका क्रममा भने पछाडि पर्दामा मानवसेवा आश्रमले उद्धारगरेका मानिसहरुको हृदयविदारक दृश्य देखाइएको थियो । त्यसै क्रममा अमृतले आफ्नो ब्याण्ड यो सिंगो वर्ष ‘मानवताका लागि संगीत’ नाराका साथ समर्पित हुनुपर्नेको कारण पनि उल्लेख गरे ।

कार्यक्रम अघि बढाउने क्रममा ‘कोशीको पानी यो जिन्दगानी’ सुनाए । यसरी एकपछि अर्को गीतमार्फत करुणामा डुबेका दर्शकलाई त्यसपछि भने ब्याण्डले ‘गाउँ गाउँबाट उठ’ र ‘जोगले हुन्छ भेँट’ जस्ता गीतहरुमार्फत् उफार्न सुरुग¥यो ।

कार्यक्रममा यसरी रमाइरहेका दर्शक घेरामै सौरभ चापागाइँ र स्मिता कोइरालाको जोडी पनि थियो । ‘धुन, प्रस्तुती, प्रकाश र हलभित्रको आवाज सबैको मिश्रणमा एक प्रकारको गजब उर्जा थियो,’ सौरभ भनिरहेका थिए, ‘हलभित्र पस्दैगर्दा मैले जति चिताएको थिएँ हेरिरहँदा त्योभन्दा धेरै रमाइलो अनुभूति भयो ।’

सौरभले नेपथ्यको कन्सर्ट हेर्नु भनेको आफ्नो निम्ति सपना पुरा हुनुजस्तो रहेको पनि उल्लेख गरे । ‘यतिका वर्षहरुमा यो ब्याण्ड मेरो जोडी, मेरो साथी र मेरो आफन्त सबैथोक बनिसकेको छ,’ कन्सर्ट सकिएर निस्कँदै गर्दा उनले थपे, ‘बितेको दुइ घन्टामा मैले बितेको ३० वर्षकै आनन्द समेटिएको महशुस गर्न पाएँ ।’

कार्यक्रमको अन्तिम चरणमा भने अमृतले हलभित्रको तापक्रमलाई थप उच्च बनाउँदै ‘मै नाचे छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ प्रस्तुत गरेका थिए । हलमा नाचिरहने भीँडभित्रै टिकट काटेर आउने दर्शक मात्र नभइ स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे । ‘बितेको दस वर्ष पर्थमा आयोजित धेरै ठूला कन्सर्टहरु हेर्न गएको थिएँ,’ उनि भनिरहेका थिए, ‘तर, आज जत्तिको ठूलो उपस्थिती र गुणस्तरीय दुवै हिसाबले भब्य कार्यक्रम यसअघि कहिल्यै भएको मलाई सम्झना छैन ।’

कार्यक्रमको अन्त्यमा नेपाली झण्डाको स्तुती गर्दै ‘रातो र चन्द्रसूर्जे’ गीत गाइरहँदा सिँगो हल उचालिएको थियो । दुइघन्टाको अवधिभर अमृतले गीत सुनाउने मात्र नभइ नेपाल, नेपाली समाज, भूगोल र संस्कृतिका कुराहरु गरिरहे देशप्रतिको माया दर्शाइरहे अनि तल रहेका दर्शकले पनि उत्तिकै जोशले उनलाई साथ दिइरहे ।


मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । महिनादिन लामो नेपथ्यको श्रृंखलावद्ध अष्ट्रेलिया भ्रमणको लागि यतिबेला प्राविधिक र व्यवस्थापनसमेत गरेर १३ सदस्यीय टोली आइपुगे ।

पर्थको कार्यक्रम सम्पन्न भएपछि अब ब्याण्डले पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको सहर सिड्नीतर्फ फर्किए । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबार आफूलाई प्रस्तुत गर्नेछ । यो कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ ।

सिड्नीपछि भने मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार यो श्रृंखलाकै अन्तिम प्रस्तुती दिएर ब्याण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

सोमबार, माघ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

भर्खरै

  • १.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • २.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ३.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ४.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ५.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ६.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ८.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.