• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सरकारले मगायो कोभिड खोप, सबैलाई बुस्टर डोज दिने तयारी


शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

काठमाडौं- चीनमा कोभिडको अर्को लहर फैलिन थालेपछि नेपालमा बुस्टरका रूपमा मात्र लगाउन मिल्नेगरी कोभिड खोप मगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

दुई खेपमा गरेर १५-१५ लाख फाइजरद्वारा उत्पादित ‘बाईभ्यालन्ट’ खोप पठाइदिन खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग अनुरोध गरिएको अधिकारीहरूको भनाइ छ।

‘सुरक्षित हुनका लागि खोपको विकल्प छैन भन्ने हाम्रो पुरानै मान्यता कायम छ। र, त्यसका लागि कोभिड खोप कार्यक्रम जारी नै छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर भन्छन्, ‘नयाँ–नयाँ भेरियन्ट आउँछन्। अब खोपको तेस्रो मात्रा नलाउँदा पहिलेका मात्राले ‘हर्ड इम्युनिटी’ कायम नरहन सक्छ।’

चीनमा फैलिएको ओमिक्रोनको सब-भेरियन्ट बीएफ.७ भारतमा पनि देखा परेपछि केही साताअघि नेपाल सरकारले ‘जोखिम उत्पन्न भएको’ भन्दै सर्वसाधारणलाई सजग गराएको थियो। तर, अहिलेसम्म कोरोनाको उक्त भेरियन्ट नेपालमा देखापरेको छैन।

नेपालमा दुई वर्षअघि अर्थात् जनवरी २०२१ देखि कोभिड खोप दिन थालिएको हो। ६ महिनापछि खोपले विकास गराउने रोग प्रतिरोध क्षमता क्षीण हुँदै जाँदा ‘हर्ड इम्युनिटी’ अर्थात् सामुदायिक प्रतिरोध क्षमता घट्दै जाने विज्ञहरू बताउँछन्।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले पहिलो र दोस्रो मात्रा खोप ‘बहुसंख्यक मानिसले लगाइसकेका र बाँकीका लागि अन्य खोपहरू उपलब्ध रहेकाले’ अबको जोड बुस्टर खोप लगाउनुमा हुने बताए।

झन्डै चार महिनाअघि सार्वजनिक गरिएको सरकारी विवरणअनुसार लक्षित उमेर समूह अर्थात् १२ वर्ष र माथिल्लो उमेर समूहमा झन्डै ९६ प्रतिशतले कोभिड खोप लगाएका छन्।

गाभीमार्फत् पहिलो खेपमा आउने १५ लाख मात्रा खोप अनुदानमा आउनेछ। त्यसप्रति सर्वसाधारणहरूको रुचि हेरेर मात्रा थप १५ लाख मात्रा खोप मगाइने योजना सरकारको छ।

डा. चौरसियाका अनुसार १२ वर्षमाथिको सबै उमेर समूहका लागि बुस्टरका रूपमा लगाउन मिल्ने र तेस्रो मात्रा लगाएको ६ महिना नाघेकाको हकमा अब आउने खोप लगाउन दिइनेछ।

स्वास्थ्य मन्त्रालयले थप खोपका लागि बजेट अभाव नरहेको उल्लेख गर्दै बुस्टर डोज लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ। ‘अब आउने खोप ओमिक्रोन भेरियन्टका लागि लक्षित गरिएको तथा बुस्टरका रूपमा राम्ररी काम गर्ने बाईभ्यालन्ट खोप हो,’ डा. ठाकुर भन्छन्।

शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • २.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ३.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ४.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ७.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.