काठमाडौं- जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ। डा। राजेश राजभण्डारी र होप वर्ल्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरे।
Advertisement
अस्पतालमा उपचार गर्न आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ। नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो।
यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेसनलले च्यारिटेबल भेन्चर्सका रूपमा स्थापना गरिएको हो। अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गरिरहेको छ।