काठमाडौं- एक वरिष्ठ स्वास्थ्य अधिकारीले यस जाडो मौसमका दौरान चीनमा कोभिड–१९ को तीनवटा लहर देखिने बताएका छन् । उनले यसको पहिलो लहर शुरु भइसकेको पनि बताएका हुन् ।
Advertisement
यस महिनाको सुरुवातदेखि चीनले आफ्नो कडा कोभिड नीतिलाई खुकुलो पारेपछि सङ्क्रमणको मामिला तीव्र रूपमा बढिरहेको छ।
पछिल्लो तथ्यांकअनुसार प्रतिदिन देखिने सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी देखिए पनि देशमा परीक्षणको सङ्ख्यामा पनि घटेका कारण यसमा यसमा कमी आएको हुनसक्ने आङ्कलन गरिएको छ । आइतबार जारी भएको सरकारी तथ्याङ्कमा चीनमा २ हजार ९७ नयाँ सङ्क्रमित देखापरेका छन् ।
एपिडेमियोलोजिस्ट वू जुन्योका अनुसार सङ्क्रमणको उछाल जनवरीसम्म चल्नेछ । दोस्रो लहर २१ जनवरीबाट शुरु हुनेछ जसको कारण लुनर नयाँ वर्ष हुनेछ । चीनका अनुसार ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन्।