काठमाडौं- नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेको छ।
Advertisement
प्रेस विज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागू हुनेगरी यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताए।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दासमेत प्रहरीले पक्राउ गर्न लापरवाही गरेको भन्दै अनिश्चितकालका लागि यातायत सेवा बन्द गरेको सदस्य रोकायाले बताए।
विद्यार्थी नेता चेतन अयडीको न्यायको लागि आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ।
उनको गत ४ मंसिरमा निर्वाचनका दिन कुटपिटबाट मृत्यु भएको थियो।