• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा


    Avatar photo
बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

काठमाडौं- दुई दशकयताको नेपाली साहित्यमा अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रूपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ। अब भने त्यही नाटकलाई पब्लिकेसन नेपालयले पाठकसामु पुस्तकका रूपमा प्रस्तुत गरेको छ।

Advertisement

बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रूपान्तरित पुस्तकको विमोचन भएको छ।

विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रूपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। कवि पराजुलीको रोचक प्रस्तुतिलाई दर्शकहरूले अभिरुचिपूर्वक ग्रहण गरेका थिए।

उक्त अवसरमा उपन्यासलाई नाटकका रूपमा पुनर्लेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले भने, ‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छु; कतिपय पात्रको भूमिकालाई ‘रिभर्स’ समेत गरेको छु।’

उनले थप प्रष्‍ट्याए, ‘झण्डै दुई दशकअघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा, अझ भनौं एउटा उपन्यासलाई नाटकमा रूपान्तरण गर्दा यो पुस्तक उपन्यासजस्तै भने छैन।’ नाट्य लेखक सुरजले उपन्यासलाई नाट्य रूपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको पनि उल्लेख गरे।

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले ०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेसन नेपालय र भारतबाट पनि ‘र्‍यान्‍डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो। यो क्रमलाई पछ्याउँदै उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्।

यसै क्रममा गत वर्ष लेखक सुरज सुवेदीले यस पुस्तकलाई नाटकका रूपमा रूपान्तरण गरेका थिए। सुरजले गरेको रूपान्तरणमा आधारित दुई घण्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए।

थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो। त्यसै क्रमलाई निरन्तरता दिँदै मण्डला थिएटरमै यस पुस्तकको विमोचन आयोजना गरिएको हो। थिएटरमा हाल नाटक महोत्सव चलिरहेको छ।

‘यो नाटकभरि उपन्यासकै झल्को आइरहन्छ,’ सुरजले गरेको रूपान्तरणबारे लेखक एवं पत्रकार वसन्त बस्नेतको टिप्पणी छ, ‘तर, नयाँ पटकथामा उनिएका यसका दृश्य र संवादहरूले नयाँ स्वाद बोकेको छ।’

उपन्यासले द्वन्द्वकालीन समयलाई प्रतिनिधित्व गरेको भएता पनि नाट्य रूपान्तरणमा युद्धका कथा मात्र नभई त्यसका असरहरूलाई पनि समेट्ने प्रयत्न गरिएको लेखक सुरज बताउँछन्। ‘उपन्यासले भन्‍न खोजेको कुरालाई अहिलेसम्म पनि खोजिरहने काम यो नाटकले गरेको छ,’ सुवेदी भन्छन्, ‘त्यसैले यो पल्पसाले १५ वर्षमा तय गरेको यात्रामा आधारित नाटक हो।’

लेखकका अनुसार उपन्यासमा त्यसका नायक दृश्य र नायिका पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ। उपन्यासलाई नाटकमा रूपान्तरण गर्ने कार्य कोभिड महामारीका बेला चलेको बन्दाबन्दीकै चरणमा सम्पन्‍न भएको जानकारी पनि लेखक सुवेदी दिन्छन्।

नाट्य रूपान्तरक सुरज सुवेदी

सुवेदीले गरेको उपन्यासको रूपान्तरणलाई उपन्यासकार नारायण वाग्लेले गजब लागेको भनेर प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् यसका निम्ति सुरजलाई धेरै धन्यवाद र आभारसमेत प्रकट गरेका छन्। ‘उपन्यासलाई नाटकीय रूप दिएर पात्रहरूलाई जीवन्त बनाइदिएकामा धन्य भएँ,’ वाग्ले भन्छन्, ‘यसले हिजोको संकटका मुद्दालाई आजका युवा दर्शकहरूसँग तादात्म्य जोडिदिएको छ।’

यो पुस्तकको आवरण तयार पार्दा ‘पल्पसा क्याफे’ उपन्यासको पहिलो संस्करणकै झलक दिन खोजिएको छ भने नाटकमा पल्पसा भएर अभिनय गर्ने नायिका श्रृष्‍टी श्रेष्‍ठलाई नै मोडलका रूपमा प्रयोग गरिएको छ।

‘पल्पसा क्याफे’ पब्लिकेसन नेपालयको पहिलो प्रकाशित पुस्तक थियो भने ११२ पृष्‍ठको यो नाट्य रूपान्तरण पनि यस पब्लिकेसनबाट प्रकाशित पहिलो नाट्य पुस्तिका बन्‍न पुगेको छ।

२९५ रुपैयाँ मूल्य राखिएको यो कृति मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।

बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.