काठमाडौँ । नेकपा माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
Advertisement
ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवारहरू पराजित भएसँगै जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले पदबाट राजिनामा दिएका हुन् ।
उनीहरूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका हुन् ।
ललितपुर ३ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् । यस्तै, ललितपुर २ प्रदेशसभा (क) मा हरि दाहाल ३ (क)मा राजकाजी महर्जन पराजित भएका थिए ।