काठमाडौँ । नुवाकोट २ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।
Advertisement
केसीले २८ हजार १०७ मत ल्याउँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए ।
एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झनक प्याकुरेलले एक ५७१ मत ल्याएर चौथो भए ।