काठमाडौँ ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
Advertisement
पछिल्लो मत गणनामा उनले एक हजार ८१६ मत अन्तरले अग्रता लिएका छन् । अठार हजार ७९७ मत गणना हुँदा पौडेलको छ हजार १८१ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले चार हजार ३६५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कूल ७० हजार ९१९ मतदातामध्ये ४५ हजार ९९७ मत खसेको थियो ।