काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । संघ र प्रदेश निर्वाचनपछि पहिलोपटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । योसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । योसँगै चाँदीको तोलामा १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको छ ।