बैतडी । जिल्लाको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको जिप दुर्घटना भएको छ । उक्त जिपमा प्रहरी सवार थिए ।
Advertisement
पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जना प्रहरी सवार थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।