काठमाडौँ । टर्की सरकारले इस्तानबुलको व्यस्त सडकमा आइतबार भएको विस्फोटपछि बम आक्रमणकारीलाई पक्राउ गरिएको जनाएको छ ।
Advertisement
यस बम विष्फोटमा छ जनाको ज्यान गएको थियो भने कम्तीमा ५३ जना घाइते भएका थिए ।
इस्तानबुलका गभर्नर अली येर्लिकायाले आइतबार साँझ ४ बजेर २० मिनेटमा इस्तिकलाल स्ट्रिटमा विस्फोट भएको बताए ।