काठमाडौँ । आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबीच सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।