काठमाडौँ । भरुवा बन्दुक देखाउर श्रीमतीलाई कुट्ने युवक पक्राउ परेका छन् । सर्लाहीको उर्लाबारी नगरपालिका २ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
उनको साथबाट एक थान अवैध भरुवा बन्दुकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी दीपकले घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।