काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रयोग गर्ने गरी भारतले दुई सय सवारी साधन दिएको छ ।
Advertisement
ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
भारतले दिएको सवारी साधन १२० वटा सुरक्षा निकाय र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने छ । मन्त्री शर्माले सवारी सहयोग गरेको भन्दै भारतलाई धन्यवाद दिएका छन् ।