काठमाडौँ । गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ ।
Advertisement
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका २ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । दुर्घटना बिहान ४ बजे भएको हो ।
घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।