काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका ५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना १ ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
बागमती नदीमा शव दाह संस्कार गरी फर्केका मलामी चढेको अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
मृतक बागमती गाउँपालिका ८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।