काठमाडाैं : चलचित्र ‘हिजाे आजकाे कुरा’ मा नायिका केकी अधिकारीकाे छाेट्टाे राेल रहेकाे देखिएकाे छ।
फिल्म ‘झिङ्गे दाउ’बाट चर्चा कमाएकी केकीलाई हिजाे आजकाे कुरामा १ मिनेटका लागि खासै अर्थ नदिने भूमिका दिइएकाे छ। भर्खरै चर्चा कमाएकी केकीले किन गरिन् भन्ने कौतुहलता उठ्नु त स्वभाविक नै हो ।
केकी बुधबार आयोजना भएको फिल्म ‘हिजो आजका कुरा’को प्रिमियरमा पुगेकी थिइन। केकी लेहेङ्गा लगाएर पुगेकी थिइन्। फिल्मको गीतमा केकी भएपनि फिल्ममा उनी छन् या छैनन् भन्ने खासै प्रचार भएको थिएन।
तर, फिल्मको पर्दामा केकीलाई कुरेका मिडियाकर्मी र फिल्मीकर्मीले उनको झल्को पाए । लसुन छोडाउँदै गरेकी केकी १ मिनेट जति पर्दामा देखिइन् र हराइन्।
विशेषगरि, केकीले फिल्म ‘हिजो आजका कुरा’ एउटा ब्रान्ड भएकाले पनि जस्तो भूमिका आएपनि आफूले स्विकार गरेको तर्क गरिन्।
निर्देशक साकार पन्तले त केकीलाई छोटो भूमिकामा देखाएर भएपनि नाम चलेका कलाकारहरुको भीड फिल्ममा लगाएका छन्।