काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका ६ मा पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइतेको उद्धार गरिएको छ ।
Advertisement
लगातार परेको वर्षाले घरमाथि पहिरो जाँदा घर पुरिएको थियो । मृत्यु हुने सबै बालबालिका रहेका छन् ।
घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन हिँडेपछि मात्रै पुग्न सकिन्छ ।
स्थानीयबासीका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।