सुनसरी- बराहक्षेत्र नगरपालिका-१ को ग्रामीण क्षेत्र कटहरेलाई खानेपानी सरसफाइ तथा स्वच्छताका सूचक पुरा गरी प्रमाणीकरणपछि शनिबार सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ।
Advertisement
६७ घरधुरी रहेकामा सबै घरमा व्यवस्थित शौचालय बनेका छन्। घोषणा कार्यक्रममा सम्मानित हुनेहरूमा सुकमाया राईको घरलाई उत्कृष्ट सफासुग्घर घरका लागि पुरस्कार दिइयो ।
यस्तै, ज्येष्ठ नागरिक माया विक, फोकल पर्सन अमिना राईलाई साइकल १ थान वितरण गरियो । मोतिलाल चौधरी, रेखा धामी र आमा समूहलाई पनि सम्मान गरिएको थियो।
वडाध्यक्ष किसन मगरकाृ अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर नन्दकुमारी राई, वडा सदस्यहरू दीपक राई, कुमार भट्टराई, दिलमाया सुरखेती, अमिना राई, हरि बुढाथोकी, रोशन काफ्ले, राजेश कटुवाल, रुबिना जोशी, इन्द्र न्यौपाने, राजु थापालगायतको उपस्थिति थियो।