• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

किन महत्वपूर्ण छ इन्द्रजात्रा ?


    Avatar photo
शनिबार, भदौ २५, २०७९ मा प्रकाशित

काठमाडौँ । राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम हो ।

Advertisement

विशेष गरी काठमाडौँका नेवार समुदायले महानपर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् ।

इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण आधार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । ‘इन्द्र जात्राको धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ, यो जात्राको खेतीसँग पनि सम्बन्ध छ, ऐतिहासिक रुपमा भन्नुपर्दा आजैका दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय हासिल गर्नु भएको, मल्लराजाले आफ्नो शासनकाल गुमाएको दुई परिघटनाको संयोग रहेको छ,’ उनले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका निम्ति पनि इन्द्रजात्रा पर्वको महत्व फराकिलो बनेको छ । मुलुकको संस्कृतिको जगेर्नाका साथै विदेशी नागरिकलाई आकर्षण गर्ने कार्यक्रमका रुपमा पनि पहिचान थपिएको छ ।

बसन्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका सम्पदा, विभिन्न देवी देवताको मठमन्दिर, जात्रा, पर्व आदिले काठमाडौँको संस्कृति र सभ्यतालाई संसारभर चिनाएको छ । यसैका माध्यमबाट नेपालको पहिचान विश्वभर फैलिएको छ ।

महानगर प्रमुख महर्जनले वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा र काठमाडौँको सेतो मच्छिन्द्रनाथको जात्रा दुई सहरको महत्व र सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व भएको र यसले दुई सहरको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाएको धारणा राखे ।

उनले मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई उपत्यका र समग्र देशभरकै महत्वपूर्ण पर्व भएको पनि बताउनुभयो । जात्राका क्रममा विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज सहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनमा देशका विशिष्ठ व्यक्ति, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहन्छ । जात्रा अवलोकनका लागि हरेक वर्ष वसन्तपुर दरबार क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकसमेत जात्राको उत्सुकतापूर्व अवलोकन गर्ने गर्छन् ।

पाख्रिबास नगरपालीका धनकुटाका प्रमुख ज्ञानबहादुर गुरुङले इन्द्रजात्रा राष्ट्रिय पर्वमात्र नभएर अन्तर्राष्ट्रिय पर्वका रुपमा मान्ने अवस्था सिर्जना भएको बताए । उनले देशको सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धनका साथै विदेशी पर्यटक आकर्षण गर्न यसबाट महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘देशमा मात्र हैन विदेशमा पनि यो पर्वलाई महत्वका साथ लिने गरिएको छ । यसले परम्परागत संस्कृतिको जगेर्ना गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ,’ नगरप्रमुख गुरुङले भने ।

जात्राका अवसरमा महानगरले छवटै महानगर र भगिनी सम्बन्ध भएका सातवटा नगरप्रमुख एवं प्रतिनिधिलाई बोलाएर सम्पदा यात्रा र पुरातात्विक महत्वका सम्पदाको भ्रमण गराउने गरेको छ ।

काठमाडौँ महानगर १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले इन्द्र जात्रा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको बताए । जात्राका अवसरमा महानगरले भगिनी सम्बन्ध भएको भारत, चीन, जापान, अमेरिकालगायत मुलुकका प्रतिनिधिलाई बोलाउने गरेको र यो पटक पनि केही मुलुकबाट जात्रा अवलोकनका लागि पाहुना आएको जानकारी दिए ।

जात्राको अवलोकनका लागि स्वतःस्फूर्त रुपमा उल्लेख्य सङ्ख्यामा सर्वसाधारण उपस्थित हुने गरेको उनले जानकारी दिए । कोभिड–१९ महामारीका कारण इन्द्रजात्रा उत्सवका रुपमा मनाउन नपाइए पनि विधिपूर्वक मनाइएको थियो । यो वर्ष भने भब्य रुपमा जात्रा मनाइएको छ ।

काठमाडौँ महानगरको सम्पदा विभागका उपनिर्देशक श्रीजु प्रधानले काठमाडौँका नेवारी समुदायको महत्वपूर्ण चाड इन्द्रजात्रा भएको र यो पर्व देश तथा विदेशमा पनि मनाइने गरेको बताए ।

किंवदन्तीअनुसार स्वर्गबाट इन्द्रको आमाले पारिजातको फूल खोज्न पठाएको र फूल भेटिएपछि कान्तिपुर नगरीको एक किसानको घरमा आश्रय लिएर बसेको व्यक्ति चोर भनेर किसानले समातेर सात दिनसम्म बाँधेर राखेका थिए । इन्द्रको आमा छोरो हरायो भनेर खोज्दै जादा बसन्तपुर क्षेत्रमा भेटिएपछि इन्द्रकी आमाले मेरो छोरालाई छाडिदेउ त्यसबापत के चाहन्छौँ म वरदान दिन्छु भनेपछि आजैको दिनलाई इन्द्र जात्राका रुपमा मनाइन्छ ।

इन्द्रजात्रा नेवारी समुदायको महत्वपूर्ण चाड मानिन्छ । आफन्त विशेषगरी छोरी ज्वाइँलाई बोलाएर विभिन्न परिकार भोजन गराउने चलन रहेको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आरधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोका फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

  • महत्वपूर्ण
शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.