• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

वीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ?


    Avatar photo
शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

काठमाडौँ : मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो। फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र वहस चलिरहेको थियो। ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा काम गर्थें। हरेक दिन कुनै न कुनै राजनीतिक घटना भएकै हुन्थे। टेलिभिजनका लागि समाचार तयार गर्न हामीलाई सधै चटारो परेकै हुन्थ्यो।

Advertisement

यस्तैमा एक दिन नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाले फोन गरेर भन्नुभयो—के छ तिम्रो आजको कार्यक्रम । मैले भनें–समाचारको काम केही न केही त भैहाल्छ नि दाई। त्यस्तो विशेष त केही छैन । चक्रदाईले भन्नुभयो–त्यसो हो भने मैले एउटा सानो कार्यक्रम आयोजना गरेको छु। न्यू प्लाजामा तिमी आउनु एक/डेढ घण्टाका लागि । कति समाचार मात्र बनाउछौ। आज हाम्रा कुरा पनि सुन। युवाहरूले पनि सुन्नु पर्छ ।

दाइले भनेको समयमै कार्यक्रम स्थलमा पुगेँ । डा. विपिन अधिकारीको अफिस रहेछ । थोरै मानिस डाक्नु भएको रहेछ । तर सबै एक से एक । त्यो बेलासम्म मलाई के कार्यक्रम हो ? दाइले किन बोलाउनु भयो ? केही थाहा थिएन । त्यो क्षण अहिले पनि याद आउँछ, भीमबहादुर तामाङ, प्रदिप गिरी, डा शेखर कोइराला, डा. दिनेश भट्टराई हुनुहुन्थ्यो । सहभागीमध्ये सबैभन्दा कान्छो म नै थिए । एक जना वासु रिजाल थिए, उनी चक्रदाइको सहयोगीका रूपमा टिममै वसेर काम गरिरहेका थिए ।

कार्यक्रम शुरु भएपछि मात्र थाहा भयो, प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको शतवार्षिकी (२०७१) का अवसरमा वृहत् कार्यक्रम गर्ने, उनका विचार र सिद्धान्तलाई समयानुकल व्याख्या गरी पुस्तक प्रकाशन गर्ने र देशभर कार्यक्रम आयोजना गर्ने योजनाका साथ बीपी कोइराला सहशताब्दी समारोह समिति गठन भएको रहेछ । त्यसको अध्यक्षमा भीमबहादुर तामाङ, सदस्यहरूमा चक्र बाँस्तोला, प्रदिप गिरी र डा. शेखर कोइराला र सदस्य सचिव डा. दिनेश भट्टराई थिए।

वर्षभर सञ्चालन गर्ने योजना र त्यसका लागि कति बजेट आवश्यक छ भन्ने विषयमा मिहिन गृहकार्य गरिसकेको रहेछ । त्यही कार्यक्रममा चक्रदाइले भनेका थिए, ‘बीपीसँग सङ्गत गरेका, उहाँलाई पढे, बुझेकामध्ये हाम्रो पुस्ता मात्र बाँकी छ । हाम्रा अग्रजहरू प्रायः बितिसक्नु भयो । अहिले संयोगले वीपी जन्मिएको १०० वर्ष पनि पुग्दैछ । यो बेलामा के के काम गर्न सकिन्छ हामी तयारी गरौँ भनेर तपाईहरूलाई बोलाइएको हो ।’

झण्डै एक घण्टाको छलफलमा प्रदीप गिरीले ठट्यौली शैलीमा भनेका थिए, ‘अहिले नै यो काम गर्नु पर्छ नत्र हामी सबैको उमेर तपाईहरूलाई थाहा नै छ।’ बीपीसँग खुलेर छलफल गरेका र खरो वहसमा उत्रिएका बौद्धिक नेताहरूले कम्मर कसेपछि काम हुने भयो भन्दै खुसी हुँदै फर्किएँ ।

चक्रदाइ त्यो योजनाका लागि बजेट जुटाउने गृहकार्यमा थिए। सदस्य–सचिव डा भट्टराईका अनुसार उनी बीपीजत्तिको राजनेताका बारेमा गरिने अनुसन्धानका लागि विदेशी दाताबाट सहयोग खोज्ने होइन, नेपाल सरकारबाटै यो काम गराउनु पर्छ भन्नेमा थिए।

त्यतिबेला डा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। योजना र कार्यक्रमको खाका तयार भैसकेको थियो । यसमा अन्तराष्ट्रिय स्तरका नेता वा विद्वानलाई आमन्त्रण गरी काठमाडौंँमा भव्य कार्यशाला गर्ने, नेपालका ७५ जिल्ला (त्यो बेला) मा कार्यक्रम गर्ने, पुस्तक प्रकाशन गर्नेलगायतका योजना थिए । त्यसका लागि अनुमानित आठ करोड रुपैयाँ खर्च हुने गरी बजेटको खाका उनले बनाउनु भएको थियो । तर दुर्भाग्य २०६९ मंसिर १६ मा अध्यक्ष भीमबहादुर तामाङको मृत्यु भयो । त्यसको एक महिना नपुग्दै पुष १४ गते चक्रदाइ अचेत थिए। होस्मा नआएरै २०७५ असोज २७ मा चक्रदाइको निधन भयो ।

चक्रदाइको जीवनी लेख्ने क्रममा ए पटक मैले प्रदीप गिरीसँग भटेको थिएँ–त्यो बेला उनले भनेका थिए। हेर्नुस्, मेरो त उमेरले पनि साथ दिंदैन अब म चाहेर पनि पहिला जस्तो काम गर्न सक्दिन । तर नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने धेरै विषय छन् । गर्ने कोही इमान्दार युवा छन् भने म सहयोग पनि जुटाई दिन सक्छु । तर मैले त्यस्तो युवा जमात फेला पार्न सकेको छैन ।

विसं २०७९ भदौ ५ मा प्रदिप गिरीको समेत निधन भएपछि नेपाली कांग्रेसभित्र वीपीको सङ्गत गरेका बैद्धिक नेताहरूको अवसान भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन अनि मूल्य, मान्यता, निष्ठा र आदर्शको राजनीतिमा विश्वास गर्ने जो कोही लागि वीपी आदर्श राजनेता हुन् । तर उनको बारेमा खोजी गर्ने कामलाई वीपीका अनुयायी भनेर राजनीतिक र अरु लाभ उठाउनेहरूले प्राथमिकतामा राखेको म देख्दिन ।

युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेको निमन्त्रणमा सन् २०१९ मा अतुल कोइराला दाइ र म युसी वर्कले पुगेका थियौँ । त्यहाँका प्राध्यापकले वीपी नेता र प्रसिद्ध साहित्यकार मात्र होइन, विश्वले पत्याएका एक उच्च स्तरका विद्धान पनि भनेको सुन्दा कम्ता गर्व लागेको होइन । त्यही एउटा पत्र हेर्ने मौका मिल्यो । युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेका प्राध्यापक लियो इ रोजले वीपीलाई लेखेको पत्र । यस पत्रमा प्राध्यापक रोजले आफ्नो एउटा अनुसन्धान लेख हेरेर सल्लाह सुझाव दिन र परिमार्जनका लागि सघाउन आग्रह गरेका छन् ।

त्यसैले त काठमाडौंँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले एक जना अमेरिकी राष्ट्रपतिले नोबेल पुरस्कार विजेताहरूलाई ह्वाइट हाउसमा रात्रिभोज दिएको प्रसङ्ग उल्लेख गरेका थिए। माथेमा लेख्छन्, ती राष्ट्रपतिले त्यस दिन भनेका थिए, ‘आज म अति नै खुसी छु । किनभने ह्वाइट हाउसमा पहिलोपटक यतिका धेरै नोबेल पुरस्कार विजेतासँग बसेर मैले रात्रिभोज गर्न पाए । यो मेरो जीवनकै सर्वाधिक स्मरणयोग्य घटना हुनेछ । तर तपाइँहरू सबैसँग रात्रिभोज गरेको भन्दा बढी खुस म त्यो बेला हुने थिएँ, यदि मैले थोमस जेफर्सनसँग रात्रिभोज गर्न पाएको भए । नेपालको सन्दर्भमा वीपी पनि त्यस्तै हुन्।’

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.